काठमाडौं । चलचित्र ‘उपहार’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर चलचित्रका चार पोष्टर सार्वजनिक गरिएको हो । यो चलचित्र आउँदो फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । सार्वजनिक चलचित्रको एक पोष्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसाललाई स्थान दिइएको छ । चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको पोष्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ ।
अभिनेता मुकुन भुसाल हृवीलचेयरमा बस्नुभएको छ । उहाँलाई रेखाले दुई हातले समाएर माया गरेको देख्न सकिन्छ । पोष्टरको पृष्ठभूमिमा हवाईजहाज र चराहरू पनि छन् । अभिनेत्री पूजा खुशी देखिनुभएको छ भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।
अर्को पोष्टरमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशालाई बेहुलाबेहुली लुक्समा देखाइएको छ । जहाँ मुकुन र रेखा तथा समर्पणजंग कार्की र पूजा शर्मालाई पनि अँटाइएको छ । यो पोष्टर रोमान्टिक भाव लक्षित छ । त्यस्तै अर्को फष्टलुक पोष्टर उपहार शैलीमा निर्माण गरिएको छ । फष्टलुक पोष्टरमा रिबन बाँधिएको छ । जहाँ मुकुन भुसाल, रेखा थापा, पूजा शर्मा र बेनिशा हमाललाई खुशी भावमा देखाइएको छ ।
चौथो फष्टलुक पोष्टरमा अभिनेता मुकुनलाई हिृवल चेयरमा देखाइँदा रेखा कालो चस्मामा आकर्षक देखिनुभएको छ । यो पोष्टरमा चलचित्रको गीत ‘मुटुको चार आना’मा अभिनय गर्नुभएका पुरुष कलाकार निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल र किरण केसी फिचर्ड हुनुहुन्छ । त्यस्तै अभिनेत्री पूजालाई हाँसेको र बेनिशालाई मुस्कुराएको भावमा देखाइएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा रेखा थापा प्रस्तुतकर्ता हुनुहुन्छ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता हुनुहुन्छ । चलचित्रको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुनुहुन्छ ।
निर्माण पक्षले यसअघि चलचित्रका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ गरेको थियो । चलचित्रमा रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुसाललगायत कलाकारको अभिनय छ ।
विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व छ । चलचित्रलाई ऋच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच