नेपालगञ्ज । नेपाली म्याराथन धावकको हौसला बढाइरहन नेपालगञ्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौँ धारा नेपालगञ्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको हो ।
यसै बमोजिम बंगलादेशको राजधानी ढाकामा यही माघ १२ गते शुक्रवार हुन लागेको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा पदक जित्ने खेलाडीलाई नेपालगञ्ज म्याराथनले नगद पुरस्कारले प्रोत्साहन गर्ने भएको छ ।
ढाका म्याराथनमा स्वर्ण पदक जित्नेलाई २५ हजार नगद, रजत जित्नेलाई १५ हजार र कांस्य जित्नेलाई १० हजार नगदले प्रोत्साहन गर्ने नेपालगञ्ज म्याराथन बोर्डले निर्णय गरेको अध्यक्ष टिएस ठकुरीले बताउनुभयो । ‘नेपालगञ्ज म्याराथनमा पदक जितेर विदेशी भूमिमा हुने मान्यता प्राप्त म्याराथनमा पदक जित्ने खेलाडीलाई थप हौसला बढाउन यस वर्षदेखि सानो पुरस्कार दिँदै अघि बढ्न खोजेका छौँ ।’ अध्यक्ष ठकुरीले भन्नुभयो, ‘यसले पक्कै खेलाडीलाई अभिप्रेरित गर्नेछ भन्ने अपेक्षा लिएका छौँ ।’
नवौँ धारा नेपालगञ्ज म्याराथनमा पदक जितेका अधिकांश खेलाडीले नै ढाका म्याराथनमा अवसर पाएकोमा खुसी लागेको अध्यक्ष ठकुरीले बताउनुभयो । नवौँ धारा नेपालगञ्ज म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्की, खडकबहादुर खड्का, किरणसिंह बोगटी र सन्तोषविक्रम विष्टले क्रमशः शीर्ष चार स्थान हासिल गर्नुभएको थियो । त्यसैगरी महिला हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ, फूलमती राना, पुष्पा भण्डारी र विन्द्रा धान्के श्रेष्ठले शीर्ष चारभित्र स्थान सुरक्षित गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच