डिनको जिल्ला अध्यक्षमा बस्नेत

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खोटाङ । डिप्लोमा इञ्जिनियरिङ एसोसियसन (डिन) जिल्ला कार्य समितिको अध्यक्षमा ईश्वर खुलाल बस्नेत चयन हुनुभएको छ । डिनको १४औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत गठन गरेको हो ।

बुधबार दिक्तेलमा भएको अधिवेशनले डिनको उपाध्यक्षमा अग्निराज राई, सचिवमा गणेश राई, सह-सचिवमा गायस राई र कोषाध्यक्षमा सरगम राईलाई चयन गरेको छ । समितिको सदस्यहरूमा सन्तोष राउत, दीपेन्द्र राई, पशुपति पुन, रोजनबाबु बस्नेत र शिशन राई रहनुभएको छ ।

डिनका केन्द्रीय सल्लाहकार बर्मलाल राजभण्डारी र विष्णुबहादुर केसीको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । यसअघि डिनको अध्यक्षमा कणक राई हुनुहुन्थ्यो । डिनको तीन वर्षे कार्यकाल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?