काठमाडौं । काभ्रेको पनौतीमा माइती वृद्धाश्रम निर्माणका लागि माघ २० गतेदेखि २६ गतेसम्म काठमाडौंको शान्तिनगरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । वृद्धाश्रमका लागि आवश्यक थप भौतिक संरचना निर्माण तथा सञ्चालनका लागि महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक एवं वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाले बताउनुभयो । आलोकनगर मार्ग टोल सुधार समिति र आमा अभियान नेपालको विशेष सहयोगमा हुन लागेको महायज्ञमा भारतको हरिद्वारबाट आउने स्वामी सुधाकरजीको नेतृत्वमा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
काभ्रेको ऐतिहासिक नगरी एवं रोशी र रुद्रावती नदीको संगमस्थल हरेक १२ वर्षमा मकर मेला हुने पवित्र तीर्थस्थल त्रिवेणी धामसँगै २०६६ सालको माघमा स्थापना भएको वृद्धाश्रममा हाल ३५ वृद्धवृद्धा र छ अनाथ बालबालिकासहित ४१ जना आश्रित छन् । वृद्धवृद्धाको बढ्दो संख्यासँगै सुत्ने कोठा, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलाप गर्ने कोठा, खेलमैदान, पुष्पवाटिकालगायत अपुग भएपछि अर्को वृद्ध र अपांगमैत्री भवन निर्माणार्थ महायज्ञ आयोजना गरिएको संयोजक तिमल्सिनाले बताउनुभएको हो ।
महायज्ञ मूल समारोह समितिका सह-संयोजक एवं आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेलले पनौतीमा वृद्धाश्रमको अवलोकन गरेर त्यहाँ पूर्वाधारलगायतका अन्य सहयोग आवश्यक देखिएकाले महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच