खोटाङ । १२ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप प्रतियोगिताको पहिलो खेलमा नेर्पा स्पोर्टस क्लव र बाहुनीडाँडा फुटबल क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक बाक्सिला फुटबल क्लव बाक्सिलाले शनिबार केपिलासगढी गाउँपालिकाको सभाहलमा खेलतालिका सार्वजनिक गर्दै २ फागुनदेखि पृथ्बी मावि बाक्सिलाको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा नेर्पा र बाहुनीडाँडा आमनेसामने हुने जनाएको छ ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईसहित गाउँपालिकाका कर्मचारीको उपस्थितिमा सार्वजनिक गरिएको खेलतालिकाअनुसार फागुन ३ गते दिउँसो १:३० बजे खारम्बु स्पोर्टस क्लब खार्मी र कटारी फुटबल क्लव उदयपुर र फागुन ४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लव र बाक्सिला फुटबल क्लव (ब्लु) तथा फागुन ४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लव खोटाङबजार र बाक्सिला फुटबल क्लव (रेड) बीच खेल हुने बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठकाअनुसार नोकआउट विधिबाट सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणमा पराजित भएर बाहिरिने चार टिमलाई प्रतिटिम नगद ३० हजार र दोश्रो खेलमा पुगेर पराजय बेहोर्दै बाहिरिने दुई टिमलाई प्रतिटिम ६० हजार प्रदान गरिनेछ । प्रतियोगितामा विजेता बन्ने टिमले नगद दुई लाख ५५ हजार २१२ र उपविजेता बन्ने टिमले एक लाख २८ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
करीव २२ लाख बजेटमा सम्पन्न हुने प्रतियोगिताको मुख्य प्रायोजन केपिलासगढी गाउँपालिका रहेको छ । प्रतियोगिताका लागि शुभेच्छुक तथा सहयोगीदाताबाट चन्दासमेत संकलन गरिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताउनुभयो ।
मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि विगत १९ वर्ष अघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
११ औं बाक्सिला रनिङ गोल्डकपको उपाधि आयोजक बाक्सिला फुलबल क्लबले उचाल्दा सोल्मा स्पोर्ट क्लब सोल्मा उपविजेता बनेको थियो । २०६१ सालमा स्थापना भएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायीक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवर्द्धनका लागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दैआएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच