धरान । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईलगायतले अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२४ को उपलक्ष्यमा पहिलो चरणमा धरान उपमहानगरपालिका-८ सिरिजंगाचोकमा स्थापित लिम्बूभाषा लिपिका प्रवर्तक तथा शहीद सिरिजंगाको सालिकमा माल्यार्पण गर्नुभएको थियोे । यसअवसरमा विभिन्न जनजातिका झाकीसमेत प्रदर्शन गरिएको थियोे । ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८०’ को आयोजना दोस्रो चरणको कार्यक्रम गरिएको थियोे ।
महोत्सवका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रम समापनका क्रममा भाषाको शक्ति भनेको सञ्चार गर्नु हो भन्नुहुँदै स्थानीय तहले बाटोघाटो बिजुली र पुल आदि निर्माणका लागि बजेट छुट्याउँछ तर भाषाको विकासको बारेमा त्यति चासो राख्दैन भन्नुभयो । उहाँले भाषा जागरणसम्बन्धी अभियान देशैभरि चलाउने उद्देश्यले पहिलोपटक प्रज्ञा-प्रतिष्ठानले काठमाडौंबाहिर ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ को आयोजना धरानमा गरेको बताउँदै प्रज्ञा-प्रतिष्ठान सबै समुदायको भएकाले ‘सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने उद्घोषसहित पहिलेको केन्द्रीकृत ज्ञानलाई अब विकेन्द्रित गर्दै अघि बढ्ने प्रतिबद्ध व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धरानका ज्येष्ठ नागरिक १०३ वर्षीय चन्द्रमाया कटवालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । यसैगरी कार्यक्रमका विशेष अतिथि तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले सेवाग्राहीको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउँदै मातृभाषा आफैंमा राष्ट्रियभाषा हो जाति आफैंमा राष्ट्र हुन् भन्नुभएको थियोे । कार्यक्रमको उद्घोषणका क्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले प्रज्ञा-प्रतिष्ठान सबैको अपनत्वमा परोस् भन्ने उद्देश्यका साथ काठमाडौंभन्दा बाहिर बहुभाषिक पहिचान बोकेको धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ को आयोजना गरिएको हो भन्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले स्वागत मनतव्य राख्नुभएको यस महोत्सवमा प्रज्ञा-प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा.योगेन्द्रमान प्रधानांग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई जनही १÷१ लाख अर्पण गरिएको थियोे । महोत्सवको दोस्रो चरणमा मातृभाषा पुरस्कार अर्पण, शुभकामना मनतव्य र विद्वत प्रवचन राखिएको थियोे ।
भाषाविद् प्रा.डा.टंगप्रसाद न्यौपाने, मुनाराज सेर्मा लिम्बू, शोभा सुनुवार, अमृत योञ्जन तामाङ, डा.सोम धिमाललगायतले आआफ्नो विचार व्यक्त गर्नुभएको थियोे । राष्ट्रिय मातृभाषा कविता महोत्सवमा सरिक भएका कविहरूलाई प्रज्ञा–प्रतिष्ठानका कुलपति राईले कदरपत्र प्रदान गर्नुभएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच