काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री (एनयुएइसिसिआई) बीच दुर्ई देशबीच व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्न समझदारी भएको छ । बुधबार सिएनआई सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका अध्यक्ष पवनकुमार अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाल युएई चेम्बरका अध्यक्ष अग्रवालले चेम्बरको उद्देश्य चेम्बरसँग जोडिएका उद्योगी व्यवसायीसँग सहकार्य गरी दुई देशबीच व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्नु रहेको बताउनुभएको छ ।
सो अवसरमा सिएनआई अध्यक्ष अग्रवालले सहकार्यको मुख्य उद्देश्य दुवै देशबीच व्यावसायिक सम्बन्ध प्रवद्र्धन तथा लगानी सहजीकरण गर्नु रहेको बताउनुभयो । सिएनआईले विदेशी लगानीकर्ता तथा व्यवसायीसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ विभिन्न देशीय तथा अन्तर्राष्ट्रिय चेम्बरसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै सहकार्य दुवै संस्थाले आफ्नो देशको हितमा लगानी भित्र्याउन, नेपालको निर्यातको सम्भावना बढाउन तथा नेपाल युएईबीच व्यवसाय प्रवद्र्धन गर्न उपयुक्त हुने बताउनुभयो । अग्रवालले आगामी लगानी सम्मेलनका लागि युएईबाट लगानीकर्तालाई आकर्षित गर्न सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
नेपाल युएई चेम्बरका अध्यक्ष अग्रवालले चेम्बरको उद्देश्य चेम्बरसँग जोडिएका उद्योगी व्यवसायीसँग सहकार्य गरी दुई देशबीच व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्नु रहेको बताउनुभयो । सिएनआईसँगको सहकार्यले लगानी प्रवद्र्धन, नेपालका वस्तु तथा सेवा निर्यात प्रवद्र्धनको वातावरण बनाउनुका साथै प्रविधि हस्तान्तरणमा पनि भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सिएनआई उपाध्यक्ष हेमराज ढकालले नेपालमा धेरै सम्भावना भए पनि त्यसलाई पुँजीकरण गर्न नसकिएको भन्दै पुँजीकरणका लागि नेपाललाई ठूलो लगानी आवश्यक पर्ने बताउनुभयो । नेपालजस्तो मुलुकको औद्योगिक तथा व्यावसायिक वृद्धिका लागि आर्थिक लगानीमात्र नभएर प्रविधि र सीप पनि आवश्यक रहेकाले युएईबाट एक्स्पर्टिज ल्याउन सहकार्यले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली तथा व्यावसायिक संघ संस्थासँग समन्वय गरी नेपालमा वैदेशिक लगानी आकर्षित गर्न, नेपाली उत्पादन विदेशी बजारमा पहुँच विस्तारमा मद्दत गर्नेलगायतका उद्देश्यअनुरूप सिएनआईले नेपाली डायस्पोरा समन्वय समिति बनाएर काम गरिरहेको जानकारी गराउँदै समझदारीले उक्त कार्यमा थप मद्दत पुग्ने पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच