काठमाडौं । ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित आयोजना भएको १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न भएको हो ।
फागुन १८ गतेदेखि २७ गतेसम्म देशका विभिन्न भागमा आयोजना गरिएको मेला फागुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो । काठमाडौंमा उद्घाटन कार्यक्रमपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको ११ देशका कलाकारले वसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुति दिएका थिए ।
दाङको घोराही बजार, काठमाडौंको अशन इन्द्रचोक हुँदै वसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजुक्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इष्टोनिया, जर्मनी, नेपाल, भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारहरूले आ–आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाकी प्रदर्शन गरेका थिए ।
मेला १० लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका संयोजक डा.आरसी कोइरालाले जानकारी गराउनुभयो । १३औ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा पुन भेट्ने गरी सम्पूर्ण कलाकारलाई बिदा गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच