एसपीपीका विषयमा कसको पालामा के पत्राचार भयो सरकारले सत्यतथ्य बाहिर ल्याओस् : केपी ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) का विषयमा भ्रम छरिएको बताउँदै सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा

एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको बताउँदै उहाँले  प्रधानमन्त्रीले संसदलाई र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने माग गर्नु भएको हो । आफ्नो पहिलो माग नै यही रहेको भन्दै ओलीले एसपीपीको बारेमा क–कसको पालामा के–के भयो सत्य तथ्य प्रधानमन्त्रीले बाहिर ल्याउनुपर्ने बताउनु भयो ।

यसैगरी ओलीले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

अध्यक्ष ओलीले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको आरोप समेत लगाउनु भयो । आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै अध्यक्ष ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताउनु भयो ।

उहाँले अर्थमन्त्रीले एमालेलाई को भन्दै लल्कारेको बताउँदै प्रमुख प्रतिपक्षलाई यसरी नहेप्न र बजेट भाषणको अघिल्लो दिनको अर्थमन्त्रालयको सीसीटिभी फुटेजका विषयमा छानबिन गर्न माग गर्नुभयो ।

अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै ओलीले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको बताउँदै यसबारे छानबिन गर्न माग गर्नुभएको हो ।

बजेटमा करदर बढाएर सरकारले कुनै घरानालाई पोस्ने काम गरेको उहाँले आरोप लगाउनु भयो । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको घोसपेटका कारण यस्तो भएको उहाँको भनाइ थियो ।

उहाँले बजेट केही घरानाको जस्तो मात्र भएको बताउँदै भन्नुभयो, ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उहाँले भन्नुभयो, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो?’

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?