शेयर बजार झिनो अंकले घट्यो

Read Time = 1 min

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार झिनो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेको हो ।

यस दिन २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन १३२ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । ४७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस दिन बैंकिङ, नन लाइफ र उत्पादनबाहेक अरु सबै समूहको समूहगत सूचक ओरालो लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?