काठमाडौं । सिद्धार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि कर्जा जोखिम न्यूनीकरणसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार दिगो ऊर्जा चुनौती कोषसँग समन्वय गरी बैंकको नवीकरणीय ऊर्जा परियोजनामा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत ग्यारेन्टी हुनेछ ।
बैंकले बैंकको नवीकरणीय ऊर्जा परियोजना जस्तै सोलार नेट मिटरिङ, एक मेगावाटसम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरपरिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच