विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गर्नुभएको छ ।
एक–चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रका आधारमा प्रदेश प्रमुख खापुङले बुधवार प्रदेशसभाको विशेष अधिवेशन बोलाउनु भएको हो ।
केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदले विशेष अधिवेशनको माग गरेका थिए ।
प्रदेशसभामा ९३ जना प्रदेशसभा सदस्य रहेका छन् ।
२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए ।
यता, मुख्यमन्त्री केदार कार्कीले पनि मन्त्रिपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिनुभएको थियो ।
‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक–चौथाइभन्दा बढी प्रदेशसभा सदस्यको चैत २६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आगामी वैशाख ६ गते बिहीवार दिनको १:०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच