मुगु । शनिबार राति मुगु जिल्ला सदरमुकाम गमगढीमा रहेको एनआइसी एसिया बैंकको ढोका फोरी भित्र पस्ने व्यक्ती मानसिक स्थिती ठिक नभएको व्यक्ती भएको प्रहरिले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले दिएको जानकारी अनुसार बैकको ढोका फोर्ने छायानाथ रारा नगर पालिका वडा न ७ पिना गाउँ घर भएका अन्दाजी ३१/३२ वर्षिया जयकृष्ण नेपाली रहेको र उसको मानसिक अवस्था ठिक अवस्थामा छैन ।
आइतबार विहान प्रहरिलाइ बैकका कर्मचारिले ढोका फोरेकोबारे खबर गरेपछि बैकको सिसिटिभी फुटेज हेर्दा उक्त व्यक्तिको पहिचान भएपछि प्रहरीले खोजी गरेको थियो ।
दिउसो १२ बजेतिर सदरमुकाम गमगढिबाट अन्दाजी ३० मिनेटको दुरिमा रहेको चैनगाउँ बाटोमा सुतिरहेको अबस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रनाउ थापाका अनुसार बाटो हिड्दै गर्दा बैंक देखेपछि बैकको ढोका फोरेर भित्र पसेको त्यो व्यक्तिले भित्र बैंक सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी देखेपछि ती सामान लिएर बाहिर निस्केको थियो ।
पक्राउ परेका ती व्यक्ति अहिले प्रहरीको नियन्त्रण छन । एनआइसी एसिया बैंकले कारवाहीको लागि पत्र दिएपनि मानसिक स्थिति ठिक नभएको र बजारमा घुमिरहने बेवारिसे व्यक्ति भएकोले के गर्ने भन्ने बारे अन्यौल रहेको पनि प्रहरीले बताएको छ ।
पक्राउ परेका नेपाली दिउँसो आँखा कम देख्ने र राति आँखा देख्ने गर्दछन् ।
बैंकको मुगु शाखा सुरक्षाका लागि एक जना मात्र सुरक्षा गार्ड रहेको र शनिबार राति ८ बजे सुरक्षागार्डको डिउटी सकिएपछी ९: २१ बजे बैकको ढोका फोरिएकाले यो घटनामा बैकको सुरक्षा व्यवस्थापन मै कमजोरी देखिएको प्रहरीले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच