ट्याक्टर दुर्घटनामा मलामी गएर फर्केका दुई जनाको मृत्यु

Read Time = 1 min

भोजपुर । संखुवासभामा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मलामी गएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा संखुवासभाको चैनपुर नगरपालिका वडा नम्वर १० मा २ जनाको मृत्यु भएको छ । चैनपुर १० दुमकटामा शुक्रबार दिउँसो ट्याक्टर ल्टिँदा मलामी गएका गंगाबहादुर तामाङ र केशव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ट्याक्टर दुर्घटनापछि गम्भीर घाइते बनेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?