![डढेलो नियन्त्रण गर्न आयोगको अपिल](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/dadhelo-2.jpg)
नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागिपरेको बताउनुभएको छ । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरू लागिपरेको ओलीको आरोप थियो । पश्चिम नवलपरासीमा एमालेको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । शुक्रबार उद्घाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रिय एवं निर्णायक शक्तिको रूपमा स्थापित गराउन आवश्यक रहेको जिकिर गर्नुभयो । ‘मिसन ०८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्याइनेछ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ’, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा नेकपा एमाले करिब दुईतिहाइ नजिक पुगेको थियो तर केही पुरानै नेतृत्वको विवेकहीनले पार्टी फुटको संघारमा पुग्यो ।’ देशको सीमा रक्षा, स्वाधीनता र अखण्डताका निम्ति नेकपा एमाले विगतदेखि नै एक्लो रूपमा उभिँदै आएकाले मिसन ०८४ नै निर्णायक हुने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले राष्ट्र निर्माणका लागि हस्तक्षेपमुक्त राष्ट्रिय निर्णायक शक्ति आवश्यक रहेको पनि बताउनुभयो । विदेशी हस्तक्षेप हुन नदिने कुरामा सबै एकजुट हुनुपर्ने उहाँको धारणा थियो ।
यस्तै, अध्यक्ष ओलीले शुक्रबार बिहान सुस्ता क्षेत्रको समेत निरीक्षण गरेको बताउँदै सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेल परेको समेत स्मरण गर्नुभयो । ‘तत्कालीन शासकले सीमा रक्षा, स्वाधीनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर, हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहेका छौँ’, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले पार्टीमा गरेको योगदान र कार्य क्षमताका आधारमा सर्वसम्मत नेतृत्व चयनका लागि सुझाउँदै तल्लो तहका आम कार्यकर्ताकै कारण पार्टी जोगिएको सुनाउनुभयो ।
ओलीले सुस्ता र रामग्राम स्तूपको समेत अवलोकन गर्नुभएको थियो । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले अध्यक्ष ओलीलाई रामग्राम स्तूपका बारेमा जानकारी गराउँदै यसको विकासमा पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच