ललितपुर जिल्लाको सुनाकोठीमा स्थायी घर हुनुभएका राज टाइगर नेपाली कला क्षेत्रमा सक्रिय हुनुहुन्छ । २०५२ सालदेखि नेपाल टेलिभिजनको टेली चलचित्र र रेडियो नाटकमार्फत् यस क्षेत्रमा होमिनुभएका उहाँ मोडलिङ क्षेत्रमा स्थापित हुनुहुन्छ । उहाँको अभिनय रहेका दर्जनौं गीत दर्शकको अत्यधिक रोजाइमा पर्न सफल छन् । राजले गीत संगीतमा अभिनयमार्फत् थुप्रै अवार्ड पनि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । उहाँले नवदुर्गा सम्मान २०७९, सगरमाथा म्युजिक अवार्ड २०२२, नेपाल आर्मी सर्ट फिल्म कम्पिटिसन २०२१, सातौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०८०, चौथो हिमालयन इन्टरनेसनल अवार्ड २०८० लगायत थुप्रै अवार्ड र सम्मान प्राप्त गर्नुभएको छ । प्रस्तुति राम्रो हुन सम्पूर्ण टिमवर्क नै बलियो हुनुपर्छ भन्ने मान्यता राख्नुहुने कलाकार राज टाइगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कला संवादको संक्षिप्त अंशः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
हालै मेरो अभिनय रहेको गीत ‘प्रदेशमा’ रिलिज भएको छ । यसकै प्रमोसन र नयाँ गीत ‘माया गरेँ तिमीलाई’को फिमेल भर्सनको सुटिङको तयारीमा छु ।
कसैको अभिनयले दर्शकको मन र दिमागमा झ्वाट्ट आक्रमण गर्छ भने सायद त्यो राम्रो अभिनय हो कि ? अभिनय गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ । मलाई चाहिँ राम्रो अभिनयको एउटै परिभाषा हुँदैन जस्तो लाग्छ । अभिनय गर्दा जीवनसँग जोडेर इमान्दार भएर आफ्नो जस्तो सोच्नुपर्छ । आफ्नै अभिव्यक्ति र युनिकेस चाहिन्छ तबमात्र राम्रो हुन्छ भन्ने लाग्छ । एकजनाले मात्रै राम्रो अभिनय गर्दैमा हुँदैन प्रस्तुति राम्रो हुन सम्पूर्ण टिमवर्क नै नै बलियो हुनुपर्छ ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखि लगावको क्षेत्र हो । अभिनय र नाच्न भनेपछि सानैदेखि हुरुक्क हुन्थेँ । विस्तारै म बढ्दै जाँदा यही क्षेत्रमा हेलिँदै गएँ ।
यहाँले अहिलेसम्म कति जति प्रस्तुतिमा अभिनय गर्नुभयो केहीको नाम लिनुपर्दा ?
मैले थुप्रै गीतका भिडियो र लघु चलचित्रका साथै टेलिभिजनमा काम गरेँ । केहीको नाम लिनुपर्दा ‘माया गरेँ तिमीलाई’, ‘फुर्के जुंगा’, ‘धरहरामा बस्यो मायाजाल’, ‘आर्मी नेभर अफ ड्युटी’, ‘मायाको संसार’, ‘यस्तो पनि जिन्दगी’, ‘पछ्यौरीको छेउ’,‘ ओठमा तिम्रो’, ‘करेन्ट लाग्छ’ लगायत थुप्रै छन् ।
पहिलोपटक क्यामेरा फेस गर्दा कस्तो अनुभव गर्नुभएको थियो ?
पहिलोपटक क्यामेरा फेस गर्दा अलि-अलि नर्भस फिल भएको थियो । तर, अग्रज कलाकारहरूको हौसला र प्रेरणाले विस्तारै सुधार भयो ।
कोसँग काम गर्ने इच्छा छ ?
म कलाकारितालाई पूजा गर्छु । अब यसलाई नै कर्मक्षेत्र बनाएको छु । यो क्षेत्रमा जो-जो जुर्नुहुन्छ उहाँहरूसँग काम गर्छु ।
राम्रो कलाकार हुन के चाहिन्छ ?
एउटा राम्रो कलाकार हुन सबैभन्दा पहिले त लगाव नै चाहिन्छ त्यसपछि कलाकारितामा चाहिने आधारभूत ज्ञान हुन जरुरी छ । मलाई के लाग्छ भने मुख्य कुरा त शिल्प चाहिन्छ ।
अभिनयलाई कसरी बुझ्ने ?
पहिले अभिनय भनेको खत्रा हुन्छ जस्तो लाग्थ्यो । तर, अहिले आएर जीवन बाँच्नु र अभिनयमा म फरक देख्दिनँ । यदि कसैको अभिनयले दर्शकको मन र दिमागमा झ्वाट्ट आक्रमण गर्छ भने सायद त्यो राम्रो अभिनय हो कि ? अभिनय गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ । मलाई चाहिँ राम्रो अभिनयको एउटै परिभाषा हुँदैन जस्तो लाग्छ । हरेक मान्छेको बेग्लै चरित्र हुन्छ । जसकारण अभिनय भन्ने राम्रो नराम्रो हुँदैन । हामी सबैजना युनिक र फरक हुन्छौँ । त्यसैले नडराई आफ्नो अभिव्यक्ति बाहिर निकाल्नुपर्छ । जसले अभिनय जीवन्त देखिन्छ । अभिनय गर्दा जीवनसँग जोडेर इमान्दार भएर आफ्नो जस्तो सोच्नुपर्छ । आफ्नै अभिव्यक्ति र युनिकेस चाहिन्छ तबमात्र राम्रो हुन्छ भन्ने लाग्छ । एकजनाले मात्रै राम्रो अभिनय गर्दैमा हुँदैन । प्रस्तुति राम्रो हुन सम्पूर्ण टिमवर्क नै बलियो हुनुपर्छ । मेरो हकमा भन्नुहुन्छ भने मलाई चुनौतीपूर्ण चरित्र निर्वाह गर्न मन लाग्छ ।
फुर्सदमा के गर्न चाहनुहुन्छ ?
म फुर्सदमा फिल्महरू हेर्छु । र, नयाँ-नयाँ ठाउँको भ्रमण गर्न रुचाउँछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच