हुम्ला । दुर्गम जिल्ला हुम्लाको अधिकांश ग्रामीण बस्तीका नागरिकले कर्णाली नदी तर्न अझैसम्म तुइनको सहायता लिएर वारपार गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले तुइन विस्थापन गर्ने भनेपनि हुम्लाका यो समस्या अझै हट्न सकिरहेको छैन ।
जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाका नागरिकलगायत अन्य बटुवाले तुइनको भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता छ । सोही पालिका र मुगु जिल्लाको बीचमा रहेको दोमुखमा तुइन विस्थापन नहुँदा यहाँका नागरिकले ज्यान नै जोखिममा राखेर तुइन तर्दै आएको बताउने गरेका छन् ।
वर्षौंदेखि झोलुंगे पुलको माग गर्दा पनि योजना नपर्दा हुम्ला र छिमेकी जिल्ला मुगुका स्थानीय दोमुखमा तुइन निर्माण गरेर वारपार गर्न बाध्य भएको स्थानीय मोहनसिंह बुढाले बताउनुभयो । वर्षामा कर्णाली नदीमा पानीको सतह बढ्दा तुइन छुने हुँदा यस्तो बेलामा नदी तर्न ज्यादै डर लाग्ने गरेको उहाँले बताउनुभयो ।
कर्णाली तर्न तुइनमा राखिएको डब्बा जालीबाट बनाइएको हुने भएकाले अपर्झट डोरी चुँडिएर दुर्घटना हुने हो कि भन्ने त्रास मनमा हुने गरेको यहाँका स्थानीय बताउँछन् । दोमुखमा रहेको तुइनमा पैदल यात्रुका साथै अन्य दैनिक उपभोग्यदेखि सबै सामान ढुवानी हुँदै आएको छ ।
तुइन विस्थापन गरेर पुल निर्माणका लागि गाउँपालिकादेखि अन्य सबै निकायमा जानकारी गराउँदा कोही कसैले सुनुवाइ नगरेको स्थानीय बताउँछन् । यहाँ दैनिक ४० देखि ५० जनासम्म यात्रु तुइनको भरमा वारपार गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच