काठमाडौं । बंगलादेशलाई लगातार दोस्रो खेलमा हराउँदै अमेरिकाले तीन खेलको टी-ट्वान्टी शृंखला जितेको छ । बिहीबार सम्पन्न दोस्रो खेलमा बंगलादेशलाई ६ रनले हराउँदै अमेरिकाले एक खेलअगावै सिरिज जितेको हो । अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै १३८ रनमा समेटियो ।
बंगलादेशका कप्तान नजमुल होसेन शान्टोले ३४ बल खेल्दै सर्वाधिक ३६ रन बनाउनुभयो । सकिब अल हसनले २३ बलमा ३० रन जोड्नुभयो । टोवहिद हृडोयले २१ बलमा २५ रन बनाउनुभयो । अमेरिकाका लागि पेसर अलि खानले ३.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिनुभयो ।
यस्तै सौरभ नेत्रभाल्कर र श्याडली भान शाल्कविकले समान २ विकेट लिँदा जस्दिप सिग्न र कोरी एण्डरसनले समान १ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
अमेरिकाका लागि कप्तान मोनान्क पटेलले ३८ बल खेल्दै सर्वाधिक ४२ रन बनाउनुभएको थियो । एरन जोन्सले ३४ बलमा ३५ रन बनाउँदा अर्का ओपनर स्टेभन टेलरले ३१ रन जोड्नुभयो । बंगलादेशका शोरीफूल इस्लाम, मुस्तफिजुर रहमान र ऋषाद होसेनले समान २ विकेट लिनुभयो । शृंखलाको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । अन्तिम खेल शनिबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच