![कोशीमा बिहानैदेखि हल्का वर्षा, कस्तो रहला दिनभरको मौसम ?](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Mausam-Badal-Pani-weather-Hita-2.jpg)
चितवन । चितवनमा चारवटा सवारीसाधन एक आपसमा ठोकिँदा एक जनाको मृत्यू भएको छ भने २३ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २९ स्थित सत्र किलोमा गएराती चारवटा सवारी साधन एक आपसमा ठोकिएका थिए ।
दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
घाइतेहरुमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राती करिव १२स्३५ बजे काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नम्बर को डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरीतर्फ आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाएको प्रवक्ता रिजालले बताउनुभयो ।
दुर्घटनामा परि अन्दाजी १७ वर्षको पुरुषको मृत्यु भएको र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सडक अबरुद्ध भएकोमा राती करिब २ः३० बजे बाटो एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
![सदनदेखि सडकसम्म आन्दोलनमा कांग्रेस](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Congress-on-the-movement-from-the-House-to-the-streets-hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच