काठमाडौं । थाइल्याण्डको राजधानी बैङ्ककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।
बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका जडीबुटी उत्पादक, प्रशोधन तथा निर्यातक, जैविक कृषि उत्पादक, कृषि तथा खाद्य प्रशोधन कम्पनी, थाइल्याण्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली मूलका थाइ नागरिक, गैरआवासीय नेपाली सङ्घ, थाइ नेपाली सङ्घ, नेपाल वायुसेवा निगमका प्रतिनिधि एवं स्थानीय सञ्चारकर्मीको सहभागिता थियो ।
उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले जडीबुटी तथा कृषि प्रशोधनलगायत क्षेत्रमा लगानी र प्रविधिका माध्यमबाट नेपाल र थाइल्याण्डबीच उत्पादन शृङ्खलाको विकास र संयुक्त बजार विस्तारमा ठूलो सम्भावना रहेको बताउनुभयो । उक्त दूतावासका अनुसार राजदूत वलीले प्राप्त अवसरलाई कार्यस्तरमा विकास गर्न दुई देशका व्यवसायीहरूबीच निरन्तर छलफल आवश्यक भएकामा जोड दिनुभयो ।
साथै उहाँले लगानी प्रवर्द्धनका कार्यमा व्यवसायीलाई सहयोग गर्न राजदूतावास सधैँ तत्पर रहेको जानकारी दिनुभयो ।
नेपाल जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सङ्गीता यादव र नेपाल निर्यातक महासङ्घका अध्यक्ष पवन गोल्यानले नेपालमा जडीबुटीको उत्पादन/प्रशोधन, कृषि उत्पादन तथा प्रशोधनका प्रशस्त सम्भावना रहेका जानकारी दिँदै नेपालमा लगानी गर्न थाइ उद्यमीलाई अनुरोध गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच