विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

सोमबार काठमाडौंको स्वयम्भूमा बौद्ध परम्पराअनुसार तामाङको अन्त्येष्टि गरिएको हो । तामाङको अन्तिम बिदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पुग्नुभएको थियो । मन्त्री श्रेष्ठले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते निधन भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको वैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो ।

नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्धन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । तामाङले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन सगरमाथा आरोहण गर्नुभएको थियो । तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?