नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले हालसम्मकै सबैभन्दा बढी राजस्व संकलन गरेको छ । एक वर्ष अवधिमा राजस्व संकलनसहित मुद्दा फछ्र्योटसमेत अहिलेसम्मकै सबैभन्दा बढी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरीक्षक काजीकुमार आचार्यको एकवर्षे कार्य अवधिमा भएका कामबारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी निरीक्षक सुदर्शन पन्थीले उक्त जानकारी दिनुभएको हो ।
२०८० जेठ २४ गते नवलपरासी आउनुभएका आचार्यको काठमाडौं अपराध महाशाखामा सरुवा भएको छ । सरुवा भएर आएको एकवर्षे अवधिमा कुल ११ करोड ५४ लाख ९५ हजार राजस्व संकलन भएको प्रहरी निरीक्षक पन्थीले जानकारी दिनुभयो ।
संकलित राजस्वमा सबैभन्दा बढी भन्सार छली ल्याइएका अवैध सामान बरामदबाट नौ करोड ७० लाख ५८ हजार र नदीजन्य पदार्थको अवैध उत्खनन्बाट ५८ लाख ७१ हजार रहेको छ ।
त्यसैगरी वन पैदावारको अवैध ओसारपसार, सुनचाँदी बरामदलगायतबाट उक्त राजस्व संकलन भएको प्रहरीले जनाएको छ । एक वर्ष अवधिमा अदालतबाट फैसला भई फरार रहेका चार सय ९४ जना पक्राउ परेको, लागूऔषध सम्बन्धीका २५ कसुरमध्ये २४ मुद्दा फर्छ्योट भएको, करणी सम्बन्धीका १६ कसुरमध्ये १३ फर्छ्योट र सवारी ज्यानसम्बन्धी कसुर २४ मध्ये २३ वटा फछ्र्योट भएको, कर्तव्य ज्यानसम्बन्धी आठ कसुरमध्ये छ फछ्र्योट भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा पाँच सय ९३ निवेदन र जिल्ला प्रशासन कार्यालयमा पाँच सय ८४ निवेदन उजुरी परेकोमध्ये एक हजार ४४ फछ्र्योट भएका छन् । यसैबीच सरुवा भएर जान लाग्नुभएका आचार्यको नवलपरासीको कार्यकाल उत्कृष्ट रहेको भन्दै विभिन्न सामाजिक संस्था र स्थानीयले सम्मान गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच