‘भगवत् गीता’ र ‘नांगो गाउँ’ भदौ २९ मा

Read Time = 1 min

काठमाडौं । विपिन कार्की, सुहाना थापा, धिरज मगरलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘भगवत् गीता’ २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

प्रेमकथामा बनेको यो चलचित्र सुनिलकुमार थापाले निर्माण गर्नुभएको हो भने झरना थापाले निर्देशन गर्नुभएको छ । तीजलाई लक्षित गर्दै चलचित्रको प्रदर्शन मिति भदौ २९ तोकिएको हो । चलचित्रको छायांकन अझै केही बाँकी छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यसअगाडिको चलचित्र ‘ए मेरो हजुर ४’ले राम्रो व्यवसाय गरेको थियो ।

यही मितिमा दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नांगो गाउँ’ पनि रिलिज हुँदैछ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाहलगायतका कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?