बर्लिन । एस्टन भिल्लाले चेल्सीका लेफ्ट ब्याक इयान माट्सेनलाई अनुबन्ध गरेको छ । एस्टन भिल्लाले माट्सेनलाई ३५ मिलियन पाउण्डमा अनुबन्ध गरेको बिबिसीले जनाएको हो । २२ वर्षीय माट्सेनले गत सिजनको दोस्रो हाफ जर्मन क्लब बोरुसिया डर्टमन्डमा लोनमा बिताउनुभएको थियो ।
बुन्डेसलिगा क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन पनि उहाँले मद्दत गर्नुभयो । माट्सेन अहिले नेदरल्याण्ड्सबाट युरोकप फुटबल प्रतियोगितामा खेलिरहनुभएको छ ।
चेल्सीले सन् २०१९ मा माट्सेनलाई पिएसभी एन्डहोभेनबाट अनुबन्ध गरेको थियो । उहाँले चार्लटन एथलेटिक, कभेन्ट्री सिटी, बर्नली र डर्टमन्डमा लोन स्पेलमा रहँदा प्रभावशाली प्रदर्शन गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच