हुम्ला । बिहीबार दिनभरदेखि रातिसम्म आएको अविरल वर्षाले हुम्लाको सिमकोट गाउँपालिका–७ मा रहेका तीनवटा बस्तिमा क्षति पुर्याएको छ ।
यस क्षेत्रमा आएको वर्षाले वडा नम्बर ७ डाँडाफया साविकको वडा नम्बर ५ को टुलिङ र दलित बस्ति चुकेडि गाउँमा ठूलो क्षति गरेको हो ।
यहाँ रहेका तीनवटा वस्ति जोखिममा रहेको स्थानीय मन्दिर सिंहले बताउनुभयो । सिंहका अनुसार, विहिबार आएको वर्षाले बाढी आउँदा यस क्षेत्रका १५ वटा खेत बगाएका छन् । खेतमा लगाएको बाली समेत बगाएर लिएको सिंहले बताउनुभयो ।
टुलिङ र दलित चुकेडी गाउँका नागरीकले प्रयोग गर्दै आएका ४ वटा पानीघट्ट समेत बगाएर लिएको बताइएको छ । बाढीले ती घट्ट काम नलाग्ने गरी बगाएकाे छ । यस्तै हिमाली शिक्षा र विकास हेड नेपालले सहयोग गरेको आउबीर सुनारको आधुनिक घट्ट समेत बगाएर लगेको छ । स्थानीयले पिस्नका लागि राखेको झण्डै दुई क्विन्टल अनाज समेत बगाएर लगेकाे सुनारले बताउनुभयो । अविरल वर्षाले बाढी आउँदा यहाँका बस्ति जोखिममा रहेको सुनारको भनाई छ ।
यस्तै वडा नम्बर ७ को जबुका गाउँमा समेत बालीनाली, खानेपानी पाइप, घट्ट लगायतमा क्षति गरेको अर्का स्थानीय विरबहादुर सिंहले बताउनुभयो । वर्षाले क्षतविक्षत गर्दा खानेपानीको समेत समस्या बनाएको सिंहले बताउनुभयो । खेतमा छर्किएर पलाउँदै गरेका बाली आल, सिमी, कोदो, फापर, गहुँ,भटमास, तोरी, लगायत तरकारी बाली गोपि,बन्दा लगायतका बालीमा क्षति बगाएर लिनुका साथै बगाएर लिएको सिंहले बताउनुभयो । एक्कासी परेको पानीले पहिलो पटक जिल्लाको डाँडाफयामा कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच