महिलाका लागि क्यानको ‘प्रि-जब ट्रेनिङ’

Read Time = 2 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि-जब ट्रेनिङ आयोजना गर्ने भएको छ । इन्टरनेसनल गल्र्स इन आइसिटी डे २०२३ का अवसरमा महासंघले वैशाख १९ देखि चार दिनसम्म सञ्चालन हुने गरी उक्त तालिम आयोजना गर्न लागेको हो । कार्यक्रमअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिनुभयो ।

उपाध्यक्ष सिंहका अनुसार कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट हृयाण्डलिङ, इमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आइसिटीसम्बन्धी सीप, नेतृत्व कला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रियालगायतका विषयमा सहभागीलाई तालिम दिइनेछ । तालिमका हरेक सेसन डेढ घण्टासम्म चल्नेछन् । कम्तीमा प्लस टु वा सो सरहको प्रमाणपत्र भएका महिलाले तालिममा सहभागिता जनाउन सक्ने बताइएको छ ।

क्यानका महासचिव चिरञ्जीवी अधिकारीका अनुसार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) को पहलमा हरेक वर्ष अप्रिल २७ तारिखका दिन गल्र्स इन आइसिटी डे मनाइन्छ । सो अवसरमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि सहयोग गर्न विश्वभर नै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?