एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि

Read Time = 1 min

काठमाडौं । पछिल्लो केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

बुधबार २०६ जनामा संक्रमण पुष्टि भएको थियो । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?