देवदहमा स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा कार्यशाला सुरु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम सुरु भएको छ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा देबदह नगरपालिका ओमसतिया र रोहीणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट इन्चार्जहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको अध्यक्षता खोप अधिकृत चिन्तामणी ज्ञाबलीको संञ्चालन खोप अधिकृत भेषराज शर्माको संञ्चालन र अर्काे खोप अधिकृत देबेन्द्र गुरुडको समन्यमा कार्यक्रम सुभारम्भ भएको थियो।

३ दिने कार्यक्रमको उदघाटनमा वोल्दै स्वास्थ्य प्रमुख ढकालले अहिले बनाएका सुस्म योजना ले स्वास्थ्यक्षेत्रमा बर्षभरि गरिने भएकोले आबश्यक अबस्था हेरेर बनाउनु पर्ने बताउनु भयो। सङ्घ, प्रदेश र स्थानीय तहले योजना तर्जुमा गरेर स्वास्थ्य संस्थालाई आबश्यक पर्ने रणनिति समेत तयार हुने भएकोले स्थानियबाट योजना बनाउदा सुस्म तरिकाले बनाई कार्यन्यन गर्नु पर्ने बताउनु भयो।

उहाँले योजना तर्जुमा गर्दा दीर्घकालीन सोचको परिदृश्य लक्ष्य, उद्देश्य, रणनीति, प्राथमिकता र भौतिक लक्ष्यसँग तादात्म्यता कायम रहनु पर्ने बताउनु भयो । हामीले अहिले बनाएका योजनाले दिगोविकास लक्ष्य हासिल गर्न समेत टेवा पुग्ने बताउनु भयो। उहाले खोप स्वास्थ्य सरसफाई आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको बताउनु भयो। समय अनुकुल नयाँ नयाँ अध्यन अनुसन्धान भैरहेको अबस्थामा स्वास्थ्य कार्यलय रुपन्देहीले पनि स्वास्थ्य कर्मिहरुलाई आबश्यक तालिम दिएको ढकालले बताउनु भयो।
कार्यक्रममा खोप अधिकृत भेषराज शर्माले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा गरि आगामी आर्थिक बर्षको लागी जिल्लामा के कति खोप आबश्यकता पर्छ पालिमा कस्तो छ अबस्था र खोपको बारेमा सुर्धानु पर्ने बारे ३ दिन सम्म छलफल गरि कार्ययोजना बनाउने बताउनु भयो।

उहाँले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउनु भयो। अधिकृत शर्माले खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको बताउनु भयो।

अर्काे खोप अधिकृत चिन्तामणि ज्ञाबलीले यो कार्यक्रम आर्थिक बर्षको सुरुमा राख्नुपर्ने भएपनि केन्द्रको निति र कार्यक्रमको कारण ढिलाई भएको बताउनु भयो ।ढिला भएपनि राम्रो र प्रभाबकारी तरिकाले योजना बनाई आगामि बर्षको लागी खोपको क्षेत्रमा सहज हुने बताउनु भयो। उहाँले अहिले बनाएको यो सूक्ष्म योजना आगार्मि आर्थिक बर्षबाट लागु हुने ज्ञाबलीले बताउनु भयो।

अर्काे खोप अधिकृत देबेन्द्र गुरुडले खोप सबैभन्दा महत्वपुण पाटो भएकोले योजना बनाउने र कार्यन्यनको क्षेत्रमा संबेदनशिल भई लाग्नु पर्ने बताउनु भयो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका कोल्ड चेन निरीक्षक शुरेन्द्र द्धबेदी लगायतको सहभागीता रहेको थियो । रुपन्देहीका १६ पालिकाका स्वास्थ्य संस्थाहरुमा ५ चरणमा कार्यक्रम गर्न लागीएको बताउदै खोप अधिकृत भेषराज शर्माले पहिलो सुर्यपुरा दोश्रो देबदह तेश्रो तिलोत्तमा चौथौ मर्चबारी र पाचौ शुदोधनमा गरि बैसाख ३० गते भित्र सकिने बताउनु भयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?