काठमाडौं । थाइल्याण्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप-निर्देशक हिमालराज दाहालले चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो । सदस्य-सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको हौसल अभिबृद्धि गर्नुभयो ।
क्याडेटमा दुई र जुनियरमा दुई गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नुभएको छ । क्याडेट/जुनियरमा एक-एक पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ सहभागी हुनुहुने छ । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्नुहुनेछ । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुनुहुन्छ ।
टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्षसमेत रहनुभएका जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एण्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष वज्राचार्य रहनुभएको छ । टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ रहनुभएको छ । जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकार पनि टोलीसँग बैंकक जानुहुनेछ । साउन १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबारै थाइल्याण्ड प्रस्थान गर्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच