उत्तर भारतमा वर्षासँग सम्बन्धित घटनाहरूमा २१ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । अविरल वर्षाले उत्तर भारतमा पहिरो खस्ने, बाढीका कारण २१ जनाको मृत्यु भएको र ५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरूले बताएका छन् । भारतको राजधानी क्षेत्र र यसका बाहिरी क्षेत्रमा भारी वर्षाले सहरका अधिकांश भाग जलमग्न भएको छ ।

अविरल वर्षा र डुबानले सडक अवरुद्ध हुँदा यात्रुहरु घण्टौंसम्म अलपत्र परेका छन् । आईएमडीले बासिन्दाहरूलाई घर भित्रै बस्न, आफ्नो घर सुरक्षित गर्न र अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ ।

भारतको उत्तरी भेगका तीन जिल्लामा आएको बादलले पुल, घर र सडकमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीय सरकारले बेपत्ताको खोजी गर्न सेवा प्रकोप उद्धार बलका कर्मचारीहरूलाई दबाब दिएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?