श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना, इन्धन, राहत कार्यक्रम लागू गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

कोलम्बो । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गर्नुभएको छ ।

जुलाई १६ गते मन्त्री तथा सांसदहरूसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिनुभएको हो । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो ।

कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव दिनुभएको छ । त्यस्तै, इन्धन र मल नियमित र छिटो उपलब्ध गराउन सुझाव दिइएको छ ।

छलफलका क्रममा विक्रमासिंघेले शान्तिपूर्ण आन्दोलनकारीले हस्तान्तरण गरेको योजनालाई सकरात्मक रूपमा लिइएको बताउनुभयो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?