झापा । झापाकाे कमल गाउँपालिका-२ समयगढका देउमान राईको गाईगोठमा आगलागी हुँदा लाखौँको क्षति भएकाे छ । राईको गाईगोठमा गयराति डेढ बजेतिर आगलागी भएको थियाे ।
आगोले गोठमा भण्डारण गरि राखेको २० मन धान जलेको छ । टिनको छानो र बाँसको टाटी बेरा भएको गोठ जलेर खरानी भएको छ । आगलागीबाट दुई लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी तोपगाछीको प्रहरी टोली, स्थानीय र कमल गाउँपालिकाको दमकलको आगो नियन्त्रणमा लिन सकिएका कारण नजिकै रहेको राईको घर जोगिएको जनाइएको छ । गाईगोठमा अचानक आगलागी भएको बताइएपनि कारण भने खुल्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच