खोलाले बगाउँदा युवतीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका-१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो । हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?