काठमाडौं । १२ असोजमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिपरिवार आठ लाख रुपैयाँ दिने भएको छ । आइतबार बसेको एन्फाको आपत्कालीन बैठकले मकवानपुरको सिस्नेरीस्थित वात्सल्यदेवी एकेडेमीमा फुटबल सिकिरहेका आदित्य बलम्पाकी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको परिवारलाई जनही आठ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने पनि एन्फाको निर्णय छ । एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
एन्फाले बालकहरूको मृत्युको घटना छानबिन गर्न एन्फाले केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ संयोजक रहेको समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई सदस्य हुनुहुन्छ । उहाँहरूलाई सत्यतथ्यसहित प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच