
बाँके । नाबालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा बाँकेमा ५ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक धर्मराज भन्डारीका अनुसार १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया, सोही ठाउँका डम्मर बहादुर रोकाया, कोहलपुर गाभरका निर्मल थापा, बिजय कार्की, करेली बस्ने जिबन रोकाया लाई पक्राउ गरिएको हिमालय टाइम्सलाई बताउनु भयो ।
असोज २७ र २८ गते कोहलपुर नगरपालिका वडा न ११ सुर्खेत रोड स्थित एक होटलमा नाबालिकालाई सामुहिक जबरजस्ति करणी गरेको सूचना प्राप्त भए पश्चात उनिहरुलाई बुधवार बेलुकी पक्राउ गरिएको उहाले बताउनुभयो । बालिकाको उपचार भैरहेको छ अवस्थाा सामान्य रहेको प्रहरीको भनाई छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच