म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सय दिने अभियान जिल्लाको अत्यन्त दुर्गम र बिकट बस्ती गुर्जाबाट सुरु भएको छ ।
नेपाली कांग्रेस म्याग्दीका सभापति तथा संघीय सांसद खमबहादुर गर्बुजा (खम्वीर) लगाएत नेता तथा कार्यकर्ताको टोली म्याग्दीको सदरमुकाम बेनीदेखि दुई दिनको यात्रा पछि धवलागिरि गाउपालिका वडा नं १ मा पर्ने गुर्जामा पुगेर मंगलबार अभियानको सुरुवात गर्नुभएको हो ।
गुर्जा पुगेको सांसद गर्बुजाको टोलीलाई बाजागाजा सहित गुर्जाबासीले स्वागत गरेका थिए । घर आगनमा जनताका गुनासा, समस्या र आवश्यकता बुझ्न आफु गुर्जा आएको गर्बुजाको भनाई छ ।
गुर्जामा भएको कार्यक्रममा गर्बुजाले आफुले पहिलो प्राथमिकता गुर्जाको विकासमा राखेको बताउनुभयो । उहाँले दुर्गम भएपनि गुर्जामा पर्यटक र यहाँको जडिबुटीको सम्भावना रहेकाले यसको विकासमा आफू लागिपरेको बताउनुभयो ।
निर्वाचित पछि पहिलो पटक गुर्जा पुगेका गर्बुजाले सडक शिक्षा र स्वास्थ्यका लागि संघिय प्रदेश र स्थानीय सरकार संग पहिल गरेर अबको केही बर्षमा नै गाउँ सम्म सडक सञ्जाल पुराउने प्रतिवद्धता समेत गर्नुभएको छ ।
त्यस्तै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पालिकाले समेत गुर्जाखानीलाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु बनाएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच