काठमाडौं । आइसिसी यू-१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोटमा प्रतियोगिताको दोस्रो खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ । नेपालले कुवेतलाई १०८ रनको विशाल अन्तरले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।
लगातार जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित कुवेत अंकविहीन छ । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गर्दा कुवेतले घरेलु टोली युएईसँग १०६ रनको हार बेहोरेको थियो ।
नेपालले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै समेटियो । कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सिमाना केसी र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतो, करिष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन बनाउनुभयो । चौथो विकेटका लागि पूजा र ज्योत्स्निकाले ४७ रनको साझेदारी गर्नुभयो । कुवेतका लागि आयशा इक्बाल पेविकरले दुई तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान एक विकेट लिनुभयो । अब नेपालले शनिबार घरेलु टोली युएईको सामना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच