काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अग्निदहन’ले सोमबार पत्रकारसँग अन्तक्रिया गरिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रले रिलिजको छेकोमा पत्रकारसँग अन्तक्र्रिया गरेको हो ।
चलचित्र प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मूलन गराउन आफूहरूले चलचित्र बनाएको बताउनुभयो । ‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौं । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेला बेलामा सार्वजनिक भइरहन्छन् । हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौं’, उहाँले भन्नुभयो ।
चलचित्रकी कलाकार प्रमिला तुलाचनले आफूले ‘बोक्सी’को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिँदै त्यो चरित्र अध्ययन गर्न सुकुम्बासी बस्ती पुगेको खुलाउनुभयो । अर्की कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाक्रीले दिने यातना साँच्चै असहृय हुने गरेको बताउनुभयो ।
निर्देशक घनश्याम लामिछानेले आफ्नो चलचित्र व्यावसायिक हिसाबले नबनाएको बताउनुभयो । ‘मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रूपमा अभियानको रूपमा अगाडि बढाउन फिल्म निर्माण गरेका हौं’, उहाँले भन्नुभयो ।
चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
यो चलचित्र भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी-२०औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र चलचित्रको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो । नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच