युक्रेनी राष्ट्रपति जेलेन्स्की र प्रथम महिला फेसन पत्रिका भोगको कभरमा

Read Time = 3 mins

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेना जेलेन्स्काले भोग म्यागजिनको कभर स्टोरीको लागि पोज दिएका छन् ।

युक्रेनमाथि रुसी हमला भएको १५० दिनभन्दा बढी कटेको छ । हमलामा हजारौँ मानिसको मृत्यु भएको छ । भोगले श्रीमति जेलेन्स्काको तस्बीरलाई उसको पछिल्लो डिजिटर कभर स्टारको रुपमा समेत पोस्ट गर्दै त्यसलाई ‘साहसको चित्रण’ भनेको छ जहाँ युक्रेनी प्रथम महिला कालो पाइन्ट र सेतो टपमा सजिएर राष्ट्रपतिको कार्यलयभित्र बसेकी छिन् । भोगले आफ्नो इन्स्टाग्राम हेन्डलमा सार्वजनिक गरेका अन्य तस्बीरहरूमा उनी सिपाहीहरू र भग्नावशेषमा फोटोको लागि पोजसमेत दिएकी छिन् ।

पत्रिकामा दम्पतीले आफ्नो झण्डै २ दशक लामो वैवाहिक जीवनबारे छलफल गरेका छन् । उनीहरूले आफ्नो इतिहास सेयर गर्नुका साथै जारी आक्रमणका कारण छुट्टिनु परेको आफ्ना छोराछोरीबिना समय बिताएको विषय उल्लेख छ । राष्ट्रपति र प्रथम महिला दुबैले किभमा भोग टोलीसँग व्यक्तिगत रूपमा अन्तवार्ता दिएका छन् ।

‘युक्रेन युद्ध एउटा महत्वपूर्ण र नयाँ चरणमा प्रवेश गर्दा देशको प्रथम महिला ओलेना जेलेन्स्का एक प्रमुख खेलाडी बनेकी छिन् – एक फ्रन्टलाइन कूटनीतिज्ञ र राष्ट्रको भावनात्मक आवाज ’, भोगले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा भनेको छ ।

म्यागेजिनसँग कुरा गर्दै जेलेन्स्काले आफ्नो भावी पतिलाई दक्षिणपूर्वी युक्रेनको गृहनगर क्रिभि रिहको हाई स्कुलमा भेटेकी थिइन् । उनीहरू विश्वविद्यालयमा डेटिङ गर्न थाले र एक व्यंग्य समूह गठन गरे । उनको सम्पूर्ण प्रोफाइल अक्टोबरको अंकमा उपलब्ध हुने भोगले जनाएको छ ।
-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?