अमेरिकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

हिमालय टाइम्स
Read Time = 2 mins

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई आगोसँग नखेल्न चेतावनी दिनुभएको छ । दुई जनाबीच बिहीबार भएको टेलिफोन संवादका क्रममा सी ले ताइवान मामिलामा अमेरिकीहरूको चासोको सन्दर्भमा यस्तो चेतावनी दिनुभएको हो ।

राष्ट्रपति सीले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाएको र ‘आगोसँग खेल्ने मान्छे जल्ने’ चेतावनी दिनुभयो ।

अमेरिकी राष्ट्रपति बाइडेनले पनि ताइवान द्विपका सन्दर्भमा अमेरिकाको नीति नफेरिने भन्दै ताइवानमा कसैको एकलौटी निर्णय स्वीकार्य नहुने जवाफ दिनुभयो।

आगोसँग जो खेल्छ ऊ पक्का जलेर खरानी हुने चिनियाँ राष्ट्रपति सीलेको तर्क छ । अमेरिकी संसदकी सभामुख नान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर दुई देशबीच तनाव बढिरहेको बेला सी र बाइडेनबीच टेलिफोन वार्ता भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ्बीच दुई घण्टा १७ मिनेट टेलिफोन वार्ता भएको छ। बाइडेन सन् २०२१ जनवरीमा अमेरिकाको राष्ट्रपति नियुक्त भएयता सी र बाइडेनबीच पाँचौ पटक कुराकानी भएको हो ।

अमेरिका र चीनबीच आर्थिक तथा भूराजनीतिक तनाव चुलिएका बेला दुई राष्ट्रपतिबीच भएको कुराकानीलाई महत्वकासाथ हेरिएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?