नेपाल भाषा, धर्म, संस्कृति, भूगोलका दृष्टिले समृद्ध मुलुक हो । यो समृद्धि नेपालमा त्यसै आएको पनि होइन । यो समृद्धिलाई ल्याउन धेरै मानिसहरू शहीद भए । नेपाल र नेपालीको उन्नतिका लागि हाँसीहाँसी जीवनको आहुती दिए । त्यही जीवन उत्सर्गबाट नेपालको विकास भएको निश्चित हो । देशको विकासलाई निन्तररूपमा गति दिने आधार सञ्चार पनि हो । प्रजातन्त्रको आगमन २०४६ देखि नेपालको विकासमा सञ्चारमाध्यमले पनि महत्वपूर्ण योगदान दिएका छन् । आज नेपाल सञ्चारका क्षेत्रमा विकसित मुलुकका रूपमा दरिएको छ । प्रविधिका कारण आजको विश्व सञ्चारका क्षेत्रमा सानो भएको छ । सञ्चारले गरेको प्रगति नेपालका लागि अनौठो नै मान्नुपर्ने हुन्छ ।
प्रविधिले हामीलाई नजिक गरायो । आज संसारका कुनै पनि कुनामा बसेर नेपालको समाचार पढ्न, सुन्न र हेर्न पाइएको छ । यो नेपालमा आएको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको पहिचान हो । यही पहिचानलाई जीवन्त बनाउँदै आएको हिमालय टाइम्स आज ३० बर्षमा प्रवेश गरेको छ । सर्वप्रथम यो निरन्तरताका लागि उक्त पत्रिकालाई मनदेखि नै धन्यवाद दिन चाहन्छु । यो पत्रिकालाई यहाँसम्म पुर्याउने हिटाका कर्मचारीलाई पनि ।
नेपालको स्वतन्त्रता र जनजीविकाका सवालमा सधैँ खरो उत्रने पत्रिका हिमालय टाइम्स पनि हो । नेपालका कतिपय पत्रिकाहरू सामाजिक, राजनीतिक र आर्थिक दृष्टिले कमजोर देखिए । केही समय चर्चामा आए तर निरन्तरतामा आफूलाई जीवन्त राख्न सकेनन् ।
चरा, दूत, ढोल, कटुवाल, चिठी आदिका माध्यमबाट सञ्चार सम्पर्क हुने अवस्था तत्कालीन समयमा थियो । चिठीपत्रबाट नै मानिसले एकअर्काको हालखबर बुझ्ने गरेको थियो । विकास एक्कासि हुँदैन । विकासका आधारहरू क्रमशः आउने गरेका हुन्छन् । त्यो विकास नेपालको पहिलो सञ्चारको विकास थियो । आज समय फेरियो । प्रविधिले मानिसलाई दास बनायो । प्रविधिले मानिसको विकास पनि गरेको छ र उसलाई आफ्नो क्षमतामा विश्वास नहुने अवस्थामा पनि पुर्याएको छ तर आज सञ्चारमा देखिएको विकासलाई नेपालमा सञ्चारले क्रान्ति नै मान्नुपर्ने अवस्था भने पक्कै पनि हो । विभिन्न समयमा सञ्चारमा कैँची नचलेका होइनन् । नेपालका सञ्चार र सञ्चार गृहले सधैं लोकतन्त्रकै वकालत गरे । आफू र आफ्नो पहिचानलाई जीवन्त बनाएर राखे । नेपालको संविधानले दिएको मौलिक र वाक् स्वतन्त्राको रक्षामा उत्रिए । सरकारलाई खबरदारी गरिरहे । विपक्षलाई चुस्त भएर आफूलाई राजनीतिका क्षेत्रमा उतार्न सहयोगी भूमिकामा रहे । आजको नेपाल सञ्चारका क्षेत्रमा विश्वका सञ्चारमाध्यमसित पैठाजोरी खेल्न सक्ने अवस्थामा आएका छन् । यो नेपालको गणतन्त्रले दिएको र नेपालको संविधानले प्रदत्त गरेको अधिकार पनि हो ।
नेपालको स्वतन्त्रता र जनजीविकाका सवालमा सधैँ खरो उत्रने पत्रिका हिमालय टाइम्स पनि हो । नेपालका कतिपय पत्रिकाहरू सामाजिक, राजनीतिक र आर्थिक दृष्टिले कमजोर देखिए । केही समय चर्चामा आए तर निरन्तरतामा आफूलाई जीवन्त राख्न सकेनन् । कतिपय अवस्थामा आफूलाई तरोताजा पनि बनाउन सकेनन् तर कतिपय सञ्चारमाध्यम अथवा सञ्चारगृह सत्ताको निकट रहे । सत्ताबाट पाइने सुविधाका भोगी बने । ती सञ्चारमाध्यमले देशको विकासमा आएको परिवर्तन र सत्तामा भएको लुछाचुँडीलाई सत्य र तथ्यका आधारमा बाहिर ल्याउन सकेनन् । यो नै नेपालका सञ्चारमाध्यममा देखिएको विडम्बना पनि हो ।
सञ्चारमाध्यमले लामो यात्रा पनि गरे । लामो यात्रा गर्न नसकेर थला पनि परे । कतिपय निरन्तर सक्रिय रहे । कतिपय धराशायी बने । आजको नेपालमा प्रत्येक जिल्लामा पत्रिका, रेडियो, टेलिभिजनबाट जनतालाई सुसूचित गर्ने अवसर मिलेको छ । यो नेपालको राजनीतिक यात्राको सबल पक्ष हो । हिमालय टाइम्सले आज तीसौं वर्षमा आफूलाई उभ्याएको छ । नेपालको सञ्चारमा आज यो पत्रिका स्वतन्त्रता र समृद्धिका लागि लडिरेहको छ । नेपालको सञ्चारमा आज हिमालय टाइम्स पत्रिकाले आफ्नो भिन्न पहिचान बनाएको छ । देशको विकासमा आफूलाई खरो रूपमा उतारेको छ । सञ्चार आफैंमा परिवर्तनशील पक्ष हो । आज यो पत्रिकाले आफूलाई प्रविधिको विकासका माध्यमबाट सबल बन्ने अवसर पाएको छ ।
हिमालय टाइम्सले कहिले पनि आफूलाई प्रतिष्पर्धामा उतारेन । आफूलाई जहिले पनि नेपालको स्वतन्त्रताका लागि उभ्यायो । नेपालको समृद्धिमा खरो बनेर उत्रियो । सत्ताको मोहमा र सत्तासीन व्यक्तिले दिने लालचलाई कहिले पनि स्वीकार गरेन । आफूलाई निरन्तर नयाँ यात्रामा समर्पित गरिरहृयो ।
स्वतन्त्रता र समृद्धि
देश स्वतन्त्र हुनु एउटा प्रक्रिया हो । देशवासीले स्वतन्त्रताको अनुभव गर्नु अर्को पाटो । यही स्वतन्त्रताको बाटोमा बामे सरेको यो पत्रिका आजका दिनसम्म पनि आफूलाई अक्षुण राख्न सफल भएको छ । सत्ताको तावेदारी यसले गरेन । सत्ताको नजिक यो रहेन । सत्ताबाट प्राप्त हुने सुविधाका लागि यो मरिमेटेन । आकर्षक बनेर यो बाहिर आएन । विकसित प्रविधिलाई यसले आत्मसात भने गरेर देखायो । यो स्वतन्त्रताका लागि समर्पित बन्यो । यो नेपालको समृद्धिका लागि क्रियाशील रहृयो । रहेन सत्ताको निकट र तिनका आसेपासेको नजिक । जस्तोसुकै आर्थिक अभावमा पनि यसले आफूलाई उतार्यो ।
आज नेपालका कतिपय सञ्चारमाध्यममा नेपालका राजनीतिक दलसित निकट रहेका व्यक्तिको लगानी भएका खबर सुनिएका छन् । हिमालय टाइम्सले त्यो कुरालाई समर्थन गरेन । सञ्चारमाध्यमको काम जनतालाई सत्य समाचार तथ्यगत रूपमा प्रसारित गर्नु हो । भर्खर बामे सरेको प्रजातन्त्र होस् वा प्रजातन्त्रको विकसित रूप लोकतन्त्र होस् त्यसलाई बलियो बनाउनु नै यसको ध्येय रहृयो र त्यसमा समर्पित भयो ।
नेपालका सन्दर्भमा सञ्चारको निरन्तर यात्रा कठिन छ । पत्रिका र त्यसमा काम गर्ने पत्रकार, स्तम्भकार र प्राविधिकलाई यो अवस्थासम्म आउन कठिन छ । नेपालको सञ्चारले गरेको विकास पक्कै पनि अद्भूत छ । त्यही विकासको चरणमा आजको लोकतन्त्र र स्वतन्त्रतालाई जीवन्त बनाउने उद्देश्य लिएर देखिएको पत्रिका हो हिमालय टाइम्स । आज हामी सम्पन्न छौं । हामीले गणतन्त्रको स्वाद चाखिरहेका छौं । हामी गणतन्त्रवादी बनेका छौं । यो गणतन्त्रको वकालत सञ्चार माध्यमले नगरेको भए आजसम्म यो देशले काँचुली फेर्ने थिएन ।
आज पनि नेपाली सञ्चारगृहहरू समृद्ध हुन सकेका छैनन् । समृद्ध हुन नसके पनि देशको समृद्धिलाई गति दिन क्रियाशील देखिएका छन् । यो आजको सबैभन्दा उत्कृष्ट पक्ष हो । देशले भोगेको दशवर्षको द्वन्द्व होस् वा तत्कालीन ज्ञानेन्द्रले सत्ता हातमा लिएको अवस्था होस् हिमालय टाइम्सले सधै स्वतन्त्रताको वकालत गरिरहृयो गरिरहृयो गरिरहृयो । यही नै यो पत्रिकाको आफ्नो पहिचान हो ।
नेपालको समृद्धिको यात्राको पोषक बनोस् भन्ने शुभकामनासहित पत्रिकाका कार्यकारी निर्देशक, प्रधान सम्पादक, सम्पादन पत्रकार, स्तम्भकार, बजार व्यवस्थापन विज्ञापनदातालाई सम्पूर्ण हिटा परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच