✍️ खिमानन्द आचार्य
हिमालय टाइम्स राष्ट्रिय दैनिक उत्तेजनारहित पत्रकारिता गर्दै तीसौं वर्षमा प्रवेश गर्दैछ । म विगतमा गोराखापत्रमा लामो समय काम गरेर निवृत्त भए पनि मैले प्रारम्भदेखि नै हिमालय टाइम्सबारे रुचि राख्ने गरेको थिएँ । यस राष्ट्रिय दैनिकले निरन्तर स्वतन्त्रताका पक्षमा आफूलाई प्रस्तुत गरिरहेको छ । यसका विचार, समाचार टिप्पणी हेर्दा समृद्धिको आधार स्वतन्त्रता नै हो भन्ने मूल मान्यताले यो पत्रिका सञ्चालित देखिन्छ ।
मलाई स्वतन्त्रता र समृद्धिका सन्दर्भमा आफ्नो कलमजीवी विगतलाई पनि हेर्न मन लागेको छ । यदि स्वतन्त्रताको अर्थ नबुझेको भए आज म जहाँ छु त्यहाँ पुग्न सम्भव हुने थिएन । साविक लुम्बिनी अञ्चल अर्घाखाँची जिल्ला हाल सन्धिखर्क नगरपालिका जन्म भई जनज्योति मावि चुत्राबेंसीबाट एसएलसी पास गरी अध्ययन गर्ने सिलसिलामा काठमाडांै पुगेपछि सुरु भएको थियो जीवनका आरोह अवरोह । त्यसै क्रममा २६ वर्ष गोरखापत्रको जागिरे । जागिर र अध्ययन सँगसँगै बढ्यो । सोही क्रममा फाटफुट लेखेका कविता सँगालो २०६३ सालमा धर्तीका माकुरा प्रकाशित पनि भयो ।
२०७८ सालयता हिमालय टाइम्समा मेरा केही रचना र समालोचना प्रकाशित हुँदै आएका छन् । यस पृष्ठभूमिको मलाई हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधानसम्पादक, साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालको फोन आयो र तीसौं वर्षका सन्दर्भमा शिक्षा, स्वतन्त्रता जस्ता विषयमा लेखको आग्रह गर्नुभयो । त्यस कारण मैले यो अवसर पाएको हूँ ।
गोरखापत्रको जागिरे भएर पनि होला लेख्ने रुचि बढ्दै गयो । तत्पश्चात गोरखापत्र, मधुपर्क, मुना, युवामञ्चमा रचना प्रकाशित भए । अन्य पत्रपत्रिकाहरूमा रचना प्रकाशनको क्रम चलिरह्यो । मेरा रचनाहरू २०४६ देखि २०५२ सम्म रेडियो नेपालबाट प्रसारित हुन पुगे । सोही अवधिमा नारी संसार पत्रिकाको सम्पादन, उलुक छत्रगञ्जको सांस्कृतिक धार्मिक अध्ययनको अवसर मिल्यो । गोरखापत्रको जागिरे जीवनबाट अवकाश लिई सन् २००८ मा अमेरिका आएपश्चात लेखिएका कथासंग्रह, कवितासंग्रह, गीतसंग्रह र लघुकथासंग्रह २०७८ सालमा प्रकाशित हुन पुगे । त्यसै समयमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा दुई वर्ष कोषाध्यक्ष भई काम गर्दा सो संस्थाले प्रकाशित गरेको अनेक डायस्पोरा कविता संग्रहको प्रधान सम्पादकको जिम्मेवारी पूरा गरेको छु ।
२०७८ साल यता लेखिएको प्रकाशोन्मुख कृतिहरूमा–कथा संग्रह अस्पतालको शैय्याबाट, लघु कथासंग्रह-सुलोचना, उपन्यासहरूमा, छोरा-बुहारी, अञ्जन, स्वदेशदेखि परदेशसम्म, बालकवितासंग्रह, जूनतारा कवितासंग्रह गरी सातवटा प्रेसमा गएका छन् । त्यस्तै गरी २०७८ सालयता हिमालय टाइम्समा केही रचना र समालोचना प्रकाशित हुँदै आएका छन् । यस पृष्ठभूमिको मलाई हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधानसम्पादक, साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालको फोन आयो र तीसौं वर्षका सन्दर्भमा शिक्षा, स्वतन्त्रता जस्ता विषयमा लेखको आग्रह गर्नुभयो । भनिन्छ ः शिक्षा र संस्कृति समाजको मुटु हो । मुटुविना जीवन हुन सक्दैन ।
जब मुटु हुन्छ तब जीवन चल्छ । समाजले देखेभोगेका विषयवस्तु प्रजातन्त्रविना टुसाउन, हुर्किन, बढ्न, फुल्ल फल्न पाउँदैनन् । जहाँ प्रजातन्त्र छ त्यहाँमात्र आफ्ना विचार लेखकले प्रस्तुत गर्न पाउँछन् । जहाँ प्रजातन्त्र छैन त्यहाँ कलमहरू भाँचिन्छन् । कलाका पारखीहरू हात गुमाउन पुग्छन् । तब साधकहरू लेखनाथ पौड्यालले पिँजराको सुगा लेखे जस्तै परिस्थितिको यथार्थ चित्रण गर्न विवश हुन्छन् । हाम्रो इतिहास साक्षी हुन् हाम्रा कालीगढहरूको हात काटिएका कुरा । जहाँ निरंकुशतन्त्र हुन्छ । त्यहाँ विचारहरू फुल्न फक्रन पाउँदैनन् । न त साहित्य सिर्जनाहरू हुन नै सक्छन् । त्यसो भन्दैमा साहित्य लेखिँदैन भनेको होइन, लेख्न त केरिन्छन् तर सामान्य जनताले बुझ्न सक्दैन । प्रतीकात्मक शब्दहरूको अर्थ लगाउन समस्या पर्दछ । न त यी रचनाहरू लोकप्रिय हुन्छन् ।
जहाँ निरंकुशतन्त्र हुन्छ त्यहाँ साहित्य सिर्जना भनेको उच्च कुलिनहरूको मनोरञ्जनको विषय वस्तु बन्दछ । राष्ट्र, राष्ट्रियता, जनताका दैनन्दिन समस्या गौण बन्न पुग्छन् । अझ साहित्य सिर्जनामा लगानी गर्नु भनेको अनुत्पादक हो भन्नेहरू पनि नभएका होइनन् । साहित्य सिर्जना भनेको प्रजातन्त्ररूपी उद्यानमा मौलाउन पाउँछन् । स्वेच्छाचारितामा होइन । प्रजातन्त्र भनेको कानुनद्वारा निर्देशित हुनुपर्छ, हुन्छ । जहाँ व्यक्तिले स्वतन्त्र भएर आफ्ना भावनाहरू व्यक्त गर्दा समाजप्रतिको आफ्नो दायित्व निर्वाह हुन्छ, त्यहाँमात्र प्रजातन्त्र र साहित्य एक अर्कोका पूरक बन्न पुग्दछन् । यसको मतलब सभ्य सुसंस्कृत सत्य चिन्तन पनि स्वतन्त्र पक्षी जस्तै विचरण हुनुपर्छ ।
प्रजातन्त्रमा व्यक्ति निर्वाध रूपले विचरण गर्न पाउँछ भने साहित्यकार त्यही आधार भूमिमा मौलाउन पाउँछन् । प्रेस र स्वतन्त्रता अन्योन्याश्रित छन् । हिमालय टाइम्स राष्ट्रिय दैनिकले तीस वर्षको वयमा उक्लिँदा पनि स्वतन्त्रताको दियोको मर्मलाई घात नगरेको स्पष्ट छ ।
सिर्जनाहरू सम्यसमाजको निर्माणका आधार हुन् । असल चिन्तन गर्न उचित वातावरण परिवेशको खाँचो पर्दछ जसलाई प्रजातन्त्रले मात्रै प्रदान गर्छ । विचारहरू विविध छन् तर कलम भाँचिएको अवस्थामा, फुल्न फक्रन पाउँदैनन् । कुन राष्ट्र कस्तो छ र कस्तो थियो भनेर मापन गर्ने माध्यम साहित्य, कला, संस्कृति हो । समाज कति उच्चतम छ भन्ने कुरा जान्नका लागि त्यो राष्ट्र वा समाजद्वारा रचित रचनाहरूको अध्ययन आवश्यक पर्दछ ।
जति-जति समाज उन्नत र समृद्ध हुँदै जान्छ अर्को शब्दमा प्रजातान्त्रिक शासन पद्धतिको विकास पनि उत्तिनै हुन्छ । सचेत नागरिकहरू कलम चलाउन थाल्छन् । विलियम ओड्सवर्थ, किट्स शेली, एच, डब्लु लर्ड फेलो, आयरल्याण्डका जर्ज बर्नाड शा, नेबेल पुरस्कार विजेता बंगाली साहित्यकार रविन्द्रनाथ टैगोर उदाहरणयोग्य छन् । नेपालमा जब प्रजातान्त्रिक आन्दोलन सुरु भयो तबमात्र राजनीति-साहित्यको विकास सम्भव भयो । स्वतन्त्रता संग्राममा निरन्तर समर्पित विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक सिर्जना र स्वतन्त्रता आन्दोलन आज पनि उदाहरणीय सन्दर्भ हुनसक्छ ।
जसको शाख विश्वभरि फैलिएको छ, राजनीतिक क्षेत्रमा मात्र सीमित नभएर साहित्यको क्षेत्रमा पनि उत्तिकै महत्व स्थापित हुनुले स्वतन्त्रताको विचार र परिवेशकै कारण व्यक्ति असल साहित्य सिर्जना गर्न निपूण हुन्छ । साहित्य त्यो हो, जुन रचनाद्वारा व्यक्तिलाई ठूलो मान्छेभन्दा असल मान्छे बन्न प्रेरणा प्रदान गर्दछ । स्वतन्त्रताको जगमा नै यस्तो प्रेरणा निहीत हुन्छ भन्ने बिर्सनु हुँदैन । यसबाट प्रजातन्त्र र साहित्य सिर्जना-एकअर्कोमा उत्तिकै निर्भर छन् । प्रजातन्त्रमा व्यक्ति निर्वाध रूपले विचरण गर्न पाउँछ भने साहित्यकार त्यही आधार भूमिमा मौलाउन पाउँछन् । प्रेस र स्वतन्त्रता अन्योन्याश्रित छन् । हिमालय टाइम्स राष्ट्रिय दैनिकले तीस वर्षको वयमा उक्लिँदा पनि स्वतन्त्रताको दियोको मर्मलाई घात नगरेको स्पष्ट छ । यो पत्रिकाको आयु लामो होस् म परदेशको माटोमा बसेर यही कामना गर्दछु ।
(लेखक आचार्य गोरखापत्र संस्थानबाट निवृत्त र हालका दिनमा अमेरिकाको भर्जिनिया राज्यको मनाससमा बसोवास गर्दै साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ : सं.)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच