एमाले विभाग प्रमुखहरूको बैठक सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागीता रहेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?