आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक स्कुल १७औँ क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा आयोजक ग्रिनल्याण्डले प्रिथिवीलाई ५९-४९ अंकले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

ग्रिनल्याण्डको जितमा महेन्द्र केसीको २० अंकको योगदान रहृयो । अर्को खेलमा भ्याली पब्लिकले सुनिल पौडेलको १९ अंक मद्दतले पञ्चायनलाई ६५-५५ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको संयोजक पूर्ण न्यौपानेले बताउनुभयो ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको सिनियर गल्र्सतर्फ प्रिथिवीले त्रिकोणलाई २७-१७ ले पराजित ग¥यो । प्रिथिवीको जितमा बबिता घिमिरेको १० अंकको योगदान रहृयो । केभिकेएसएसले सुष्मा आलेको नौ अंक मद्दतले आयोजक ग्रिनल्याण्डलाई २९-१९ ले हरायो ।

यसैगरी गोल्डेन पिकले सुविन तामाङको १९ अंकको योगदानमा टिआइएलाई ६२-५४ अंकले पराजित गर्‍यो । भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई ४४-३४ अंकले हराउँदा लोरिशा गौचनको १४ अंकको योगदान रहृयो । यस्तै, नेघा शाहको ८ अंक मद्दतमा सत्यसाई स्कुलले रिब्स ‘ए’ लाई २२-१४ अंकले हराउन सफल भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?