माछापुच्छ्रे क्यापिटलको साधारणसभा

Read Time = 2 mins

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको उपस्थितिमा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आव २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति, स्वतन्त्र सञ्चालक नियुक्ति तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधन पारित गरेको छ ।

सो अवसरमा कम्पनीका अध्यक्ष न्यौपानेले हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायतका सेवा प्रवाह गर्दै आएको र आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, विशिष्टीकृत लगानी कोषलगायतका थप सेवासहित आउने योजना रहेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?