काठमाडौं । सरकारले संसदीय संसद अन्तर्गतको हिउँदे अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ ।
कांग्रेसको संसदीय दलमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न माग गर्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ । समितिको माग गर्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । तर यसैबेला सरकारले अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ ।
सरकार छानबिन समिति बनाउने पक्षमा छैन। कांग्रेसले सदन चल्न नदिएको आरोप लगाउँदै सरकारले संसदीय संसद अन्तर्गतको हिउँदे अधिवेशन नै अन्त्य गर्ने निर्णय गरिसकेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच