रिभेरा इन्टरनेसनल एकेडेमी टिम प्रथम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । श्रीपिंला डोजाङको आयोजनामा सम्पन्न चौथो तेक्वान्दो प्रतियोेगितामा रिभेरा इन्टरनेसनल एकेडेमी स्कुलले ५ स्वर्ण, ३ रजत र २ कांस्य पदक हासिल गरी टिम प्रथथ भएको छ । त्यसै गरी सम्भावी स्कुल टिमले ४ स्वर्ण, १ रजत र ७ कांस्य पदक हासिल गरी टिम दोस्रो भएको र टेक्सास इन्टरनेसनल स्कुलले ३ स्वर्ण, ३ रजत र ८ कांस्य हासिल गरी टिम तेस्रो भएको छ ।

नेपाल एभरेष्ट मन्टेश्वरी स्कुलले अनुशासित ट्रफी अवार्ड पाएको छ । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा ९ का अध्यक्ष रामजी भण्डारी, विशेष अतिथि कामपा ८ वडा अध्यक्ष आशामान संगत, वडा ९ का सदस्य टेकराज अधिकारी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र समाजसेवी पूर्व प्रदेश सांसद नरोत्तम वैद्यलागयतको उपस्थिति रहेको कार्यक्रम संयोजक सुरेन्द्र डंगोलले बताउनुभयो ।

प्रतियोगितामा कुल १४ स्कुल तथा डोजाङका २५० खेलाडीको सहभागिता रहेको आयोेजक समितिका सचिव समिर दाहालले जानकारी दिनुभयो । कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्य र तेक्वान्दो खेलमा योेगदान दिने प्रशिक्षक तथा खेलाडीहरूलाई सम्मान गरिएको संयोजक सुरेन्द्र डंगोलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?