काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भएको १०औँ अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल तीन स्वर्ण, दुई रजत र तीन कांस्य पदकसाथ टिम च्याम्पियन भएको नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसीले जनाउनुभएको छ । बन्दरागमा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका खेलाडीहरूको सहभागिता रहेको थियो ।
नेपालको प्रतिनिधित्व गर्दै देवकुमार शाहले कुमितेमा एक स्वर्ण र कातामा एक रजत गरी दुई पदक जित्न सफल हुनुभयो । वेद जैसवाल र अन्स चौधरीले कुमितेमा स्वर्ण पदक प्राप्त गर्नुभयो । आइलेसजंग थापाले रजत जित्नुभयो । नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर कुमालले कास्य पदक हात पारेको टिम व्यवस्थापक राजेन्द्र कुँवरले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा नेपाली खेलाडीको हौसला बढाउन श्रीलंका पुग्नुभएका न्युरोलोजिस्ट डा. लेखजंग थापाले आफ्नो कला र सीप प्रदर्शन गरी उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच