मिस नेपाल प्रियंकारानी अमेरिका प्रस्थान

Read Time = 2 mins

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी अमेरिका प्रस्थान गर्नुभएको छ । जोशी मंगलबार बेलुका कतार एयरवेजमार्फत आफ्ना केही योजनाका साथी अमेरिका हिँडेको बताउनुभयो ।

उहाँले मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुनु र आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि लगानीकर्ता जुटाउनु आफ्नो मुख्य योजना रहेको बताउनुभयो ।

आफ्नो अमेरिका भ्रमण आफूजस्तै युवतीलाई ‘पेजेन्ट’को महत्व चिनाउन र देशको परिस्थिति बुझाउन पनि महत्वपूर्ण हुने प्रियंकाले बताउनुभएको छ । मिस नेपाल आयोजक द हिँडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच सम्झौता भएपछि मिस नेपालको सहभागिता त्यहाँ हुन लागेको हो । मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालमा प्रतिस्पर्धाको मौका पाउने सम्झौता भएको छ ।

सोही अनुसार प्रतियोगी छनोट गर्ने अवसर पनि प्रियंकालाई हुनेछ । हिँडन ट्रेजर निर्देशक सुवर्ण क्षेत्री पनि उहाँसँगै अमेरिका प्रस्थान गर्नुभएको छ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतिस्पर्धा आगामी आइतबार हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?