
हेटौँडा । गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ ।
गैसस महासंघको काठमाडौँमा सम्पन्न ११ औं केन्द्रीय अधिवेशनबाट केन्द्रीय सचिब पदमा सामाजिक अभियान्ता लामा निर्विरोध निर्वाचित हुनुभएको हो ।
करिब तीन दशकदेखि गैसस अभियानमा लाग्दै आउनुभएका लामा युवा सेवा समाज मकवानपुरको अध्यक्ष गैसस महासंघ मकवानपुरको अध्यक्ष र गैसस महासंघको केन्द्रीय समेत भएर काम गरिसक्नुभएको छ । सचिवमा निर्वाचित भएपछि लामाले नागरिक अधिकार र गैससहरुको पक्षमा योजनाबद्ध र प्रभावकारी रुपमा कार्य गर्ने प्रतिक्रिया दिनुभएको छ ।
फागुन २६ र २७ गते दुई दिन भएको केन्द्रीय अधिवेशन, ३० औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय नागरिक सम्मेलनले अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
यस्तै महासंघको केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षद्वयमा सञ्जय लम्साल र राजेन्द्र शर्मा, महासचिवमा देवी खड्का, उपमहासचिवद्वयमा भवराज रेग्मी र किरण थापा, कोषाध्यक्षमा गोविन्दबहादुर शाही, सचिवहरुमा लामासहित राजेन्द्रप्रसाद पौडेल, सरिता आङ्देम्बे, रामचन्द्र साह, सावित्रा घिमिरे विक, जजराज शाही निर्वाचित हुनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच